Sunday, December 17, 2017

रूसको राजधानीमा सम्मान र शुभकामना समारोह सुसम्पन्न

रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाली र रूसी भाषामा कविता पाठ, नेपाली गीत र नृत्यधूनको सुमधुर गुञ्वनसहित मनोरम र उल्लासमय वातावरणमा गैरआवासीय नेपाली संघ रूस तथा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आयोजित सम्मान तथा शुभकामना समारोह भव्यताका साथ सुसम्पन्न भएको छ ।

समारोहको प्रथम खण्डमा विश्व नेपाली सारूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाली र रूसी भाषामा कविता पाठ, नेपाली गीत र नृत्यधूनको सुमधुर गुञ्वनसहित मनोरम र उल्लासमय वातावरणमा गैरआवासीय नेपाली संघ रूस तथा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आयोजित सम्मान तथा शुभकामना समारोह भव्यताका साथ सुसम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ रूसका सम्मानित व्यक्तित्वहरू
(मास्को, १० डिस्म्बर २०१७ आइतवार)
समारोहको प्रथम खण्डमा विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमको सभापतित्वमा समारोहका प्रमुख अतिथि रूसका लागि नेपाली राजदूत महामहिम श्री ऋषिराम घिमिरे एवं विशेष अतिथि रूसनेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका साथै गैरआवासीथ नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमबाट पनि अध्यक्ष मण्डलमा स्थान ग्रहण गरिएपछि विनेसामका महासचिव डा. मनमूर्ति भुर्तेल तथा कृष्णप्रकाश श्रेष्ठबाट विश्व नेपाली साहित्य महासंघ रूस शाखाको सहभागितामा नेपाली र रूसी भाषामा प्रकाशित पुस्तक विमोचनसहित साहित्यिक कार्यक्रमको सञ्चालन गरियो ।
नेपाली  र रूसी भाषामा कवितासङ्ग्रहको लोकार्पण कार्यक्रम
अध्यक्षमण्डनमा - मिखाइन नेक्रासोभ,  ऋषिराम घिमिरे, गोविन्दप्रसाद गौतम
कार्यक्रम सञ्चालन गर्दै - डा. मनमूर्ति भुर्तेल र कृष्णप्रकाश श्रेष्ठ 
सर्वप्रथम साहित्यिक कार्यक्रमका सभापति तथा अतिथिद्वयबाट मास्कोस्थित नेपाली राजदूतावासका तृतीय सचिव, कवि कुमारबहादुर श्रेष्ठ क्रान्तिलिखित अनिंदो जीवनमा जूनकिरीशिर्षकको कविता संग्रहको विमोचन गरियो र कविको स्वरमा मास्को आउँदा आउँदैशीर्षकको कविताको पहिलो पंक्तिमै विश्वको ठूलो देश रसिया…’ भन्दै रूसबारे उद्गार पोखिएको नेपाली कविता गुञ्जियो ।
कवि कुमारबहादुर श्रेष्ठ 'क्रान्ति', कृष्णप्रकाश श्रेष्ठ र शिव भुर्तेल
तत्पश्चात् विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको योजनानुसार यसै पंक्तिकारद्वारा रूसी कविहरूको समेत सहयोगबाट रूसी भाषामा अनूदित, सम्पादित तथा नेपाली कविता कुञ्जशीर्षकमा काठमाडौंबाट प्रकाशित आधुनिक नेपाली कविता संग्रहको लोकार्पण सुसम्पन्न भयो । 
रूसी भाषामा आधुनिक नेपाली कविताको सँगालो 
'नेपाली कविता कुञ्ज'
यस संग्रहकी प्रथम रूसी पाठक र भूमिका लेखिका, भारतवर्षविद् रूसी विदुषी एभ्गेनिया भानिनाबाट हिन्दी भाषामा महामहिम नेपाली राजदूतज्यू र नेपालीहरूलाई सम्बोधन गर्दै विमोचित कविता संग्रहको सन्दर्भमा सकारात्मक प्रतिक्रिया व्यक्त गरियो ।
कृष्णप्रकाश श्रेष्ठ र एभ्गेनिया भानिना
कवि-अनुवादकत्रय  
भ्लादिमिर सिल्किन, कृष्णप्रकाश श्रेष्ठ र ल्युदमिला आभ्देएभा
तदुपरान्त रूसी काव्यानुवादकहरू (ल्युदमिला आभ्देएभा, तामारा पोत्योम्किना, ताच्याना चेग्लोभा, ल्युदमिला साल्तिकोभा र भ्लादिमिर सिल्किन) बाट छोटो मन्तव्यसहित रूसी भाषामा अनूदित नेपाली कविताहरूको क्रमशः पाठ गरियो र सबै वक्ताहरूसहित यस पंक्तिकार तथा रूसको दक्षिणी भेकमा रहेको दोनवर्ती रस्तोभवासी अनुवादक-कवि इगोर एलिसेएभ स्वयं समारोहमा उपस्थित हुन नसके पनि मास्कोमा बस्ने उनकी छोरी ओल्गालाई समेत खादा ओढाएर सम्मान गरिएको थियो ।
कवयित्री-अनुवादकद्वय ताच्याना चे एवं तामारा पोत्योम्किना
यसरी समारोहको आरम्भमा मङ्गलाचरणको रूपमा काव्यमय खण्डको समाप्तिपश्चात् गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा सम्मान तथा शुभकामना समारोहको मुख्य कार्यक्रम शुरु भयो । 
समारोहको अध्यक्षमण्डल
डा. बद्री के.सी., रामेश्वर गौतम, ऋषिराम घिमिरे, सपिला राजभण्डारी,
गोविन्दप्रसाद गौतम, मिखाइल नेक्रासोभ, डा. एकनारायण चापागाईं र रवीन्द्र भट्टराई
अध्यक्षमण्डलमा प्रमुख अतिथि महामहिम नेपाली राजदूत श्री ऋषिराम घिमिरेज्यू एवं आमन्त्रित अतिथि रूसनेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभका साथै गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री के.सी., यूरोप उपसंयोजक गोविन्दप्रसाद गौतम, केन्द्रीय सदस्यद्वय डा. एकनारायण चापागाईं तथा रवीन्द्र भट्टराई प्रभृत्ति व्यक्तित्वहरूले स्थान ग्रहण गरिसकेपछि वक्ताहरूबाट बधाई मन्तव्य दिने क्रम शुरु भयो 
महामहिम राजदूत  श्री  ऋषिराम घिमिरे
महामहिम नेपाली राजदूत श्री ऋषिराम घिमिरेज्यूले गैरआवासीय नेपाली संघको केन्द्रीय निकायमा निर्वाचत सबै पदाधिकारीहरूप्रति शुभेच्छा र बधाई ज्ञापन गर्नुका साथै आफ्नो सारगर्भित मन्तव्यमा नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको नतीजाको परिप्रेक्ष्यमा देशमा स्थायी सरकार गठन भई आर्थिक विकास र सम्पन्नताको ढोका खुल्ने आशा प्रकट गर्नुभयो र राजदूतावास र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्दै अघि बढ्न आफू सदैव तयार रहेको अभिव्यक्ति दिनुभयो ।
नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी
गतः अक्टोबर २०१७ मा नेपालको राजधानीमा सुसम्पन्न गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं पुगेका संसारका ७७ देशमा कार्यरत राष्ट्रिय समन्वय परिषदहरूका प्रतिनिधिहरूबाट १४ वर्षअघि गैरआवासीय नेपालीको अवधारणा अगाडि सार्ने रूसका नेपालीहरूमध्येबाटै महिलाउपाध्यक्ष, महासचिव र यूरोप उपसंयोजक जस्तो गरिमामय पदमा निर्वाचित क्रमशः सपिला राजभण्डारी, डा. बद्री के.सी. तथा गोविन्दप्रसाद गौतमद्वारा रूसमा बसोवास गर्ने नेपालीहरूको ऐक्यबद्धताको परिणामस्वरूप विजय प्राप्त भएको जनाउँदै विश्व सम्मेपनको अनुभवबारे बताउनुका साथै विदेशमा रहेका नेपालीहरूको हकहितका लागि र नेपालको विकासका लागि सरकारसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भावी योजना र कार्यभारहरूको सफलताका लागि रूसमा रहेका सम्पूर्ण नेपालीहरूको तर्फबाट पूर्ववत् सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरिएको थियो ।
नवनिर्वाचित यूरोप उपसंयोजक गोविन्दप्रसाद गौतम मन्तव्य दिंदै
गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदमा रूसको प्रतिनिधिको हैसियतले केन्द्रीय सदस्य रहेका डा. एकनारायण चापागार्इं र मनोनित केन्द्रीय सदस्य रवीन्द्र भट्टराईबाट पनि अंशतः गैरआवासीय नेपाली अभियान समक्ष रहेका सम्भावना र चुनौतीबारे प्रकाश पारिएको थियो । यसका साथै हालै मात्र गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्बाट मनोनित संरक्षक एवं सल्लाहकार मण्डलका कतिपय सदस्यहरूबाट पनि मन्तव्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम संचालक इन्द्रप्रसाद भुसालसहित मञ्चमा
तेजबहादुर शाह, रामकुमार पाण्डे, डा. विमला भण्डारी, 
गणेश रामदाम एवं डिल्ली खरेल सुमन 
रूसनेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले यस मैत्री समाजका केही सदस्यहरूले गैरआवासीय नेपाली संघका कतिपय केन्द्रीय उच्चपदहरू सम्हाल्ने अभिभारा पाएको सन्दर्भमा हर्ष प्रकट गर्दै शुभकामना र बधाईं ज्ञापन गर्नुका साथै हाम्रा दुवै संस्थाहरूबीच कायम रहेको सुमधुर कार्यकारी सम्बन्ध अझ सुदृढ हुँदै जानेछ भनी जोड दिनुभयो ।
रुस-नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ
सम्मान तथा शुभकामना समारोहमा गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदमा नवनिर्वाचित उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री के.सीं., यूरोप उपसंयोजक गोविन्दप्रसाद गौतम, रूसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा. एकनारायण चापागाईं, मनोनित केन्द्रीय सदस्य रवीन्द्र भट्टराईलाई रूसवासी नेपाली समुदायको तर्फबाट न्यानो स्वागत गरिनुका साथै बधाई र शुभकामना व्यक्त गर्दै खादा ओढाएर हार्दिक सम्मान गरियो ।
गैरआवासीय नेपाली संघ रूस
 सम्मानित व्यक्तित्वहरू
तत्पश्चात् गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्द्वारा मनोनित ५ संरक्षकवृन्द - डा. सूर्यप्रसाद रिजाल, उत्सवकुमार अमात्य, डा. कुमार कार्की, टेकराज निरौला तथा खेमराज लामिछाने, ५ सल्लाहकारवृन्द -  डिल्ली खरेल सुमन, गणेश रामदाम, डा. विमला भण्डारी, तेजबहादुर शाह र राजकुमार पाण्डे एवं मनोनित सदस्य केशव तिमिल्सिना र भूपेन्द्र चौधरीलाई पनि खादा ओढाएर सम्मान गर्दै हार्दिक बधाई ज्ञापनका साथै शुभकामना व्यक्त गरियो ।
महामहिम नेपाली राजदूत ऋषिराम घिमिरे,
विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष र महासचिव
गोविन्दप्रसाद गौतम र डा. मनमूर्ति भुर्तेल 
सम्मानित कृष्णप्रकाश श्रेष्ठ शुभेच्छा ग्रहण गर्दै
सोही अवसरमा यस पंक्तिकारले पनि रूसवासी नेपाली समुदायको तर्फबाट सम्मानित भई गौरवान्वित हुने स्वर्ण अवसर प्राप्त गरेको थियो । 
कृष्णप्रकाश श्रेष्ठलाई  सम्मानपत्र प्रदान गर्दै
डा. बद्री के.सी., रामेश्वर गौतम, राजदूत ऋषिराम घिमिरे, 
सपिला राजभढ‍ण्डारी तथा गोविन्दप्रसाद गौतम  
गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष रामेश्वर गौतम, रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमको हस्ताक्षरसहित १० डिसेम्बर २०१७ मा मलाई प्रदान गरिएको सम्मानपत्रमा अभिलिखित बेहोरा निम्नानुसार छ :
रूसमा अर्धशतकभन्दा लामो समयदेखि बसोवास गरी नेपाली साहित्यका विविध विधामा अनवरत कलम चलाउँदै रूसी र नेपाली भाषामा उत्कृष्ट साहित्यिक कृतिहरू सिर्जना गरी प्रतिष्ठित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारद्वारा विभूषित भई सम्पूर्ण रूसवासी नेपालीहरूलाई गौरवान्वित तुल्याउनुहुने वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठज्युको नेपाली वाङ्मयको श्रीवृद्धिकार्यमा अतुलनीय योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा उत्तरोत्तर सफलताको कामनासहित सगौरव यो सम्मानपत्र प्रदान गर्दछौं ।
समारोहका सहभागी सज्जन तथा महिलावृन्द
नेपाली राजदूतावास, मास्को (१०.१२.२०१७)
नेपाली भाइबहिनीहरूका साथै आमन्त्रित रूसी लेखक-कवि र मित्रहरू उपस्थित रहेको भव्य समारोहमा यस पंक्तिकारलाई खादा ओढाएर प्रदान गरिएको उक्त सम्मानपत्रको व्यहोराबाट सहृदयी पाठकवृन्दलाई समेत अवगत गराउन पाउँदा अपार हर्ष लागेको छ ।
समारोहका सहभागीहरूको साथमा
सुसान्ना र डा. भिष्म आचार्य, मिखाइल नेक्रेसोभ,
कृष्णप्रकाश श्रेष्ठ, शिव भुर्तेल र डिल्ली खरेल सुमन
अन्त्यमा सभापतिको आसनबाट समारोहको समापन मन्तव्य दिंदै गैरआवासीय नेपाली सणघ रूस राष्ट्रिय समन्वय परिषबका अध्यक्ष  रामेश्वर गौतमले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा नवनिर्वाचित एवं मनोनित सबै पदाधिकारीहरूलाई हार्दिक बधाई र शुभेच्छा ज्ञापन गर्नुभई आगामी दिनहरूमा पनि रसियावासी गैरआवासीय नेपालीहरूको सामूहिक एकता र सहकार्य मजबूत हुँदै जाओस् भन्ने कामनासहित काठमाडौंमा सम्पन्न विश्वअधिवेशनमा सम्पन्न निर्वाचनमा केन्द्रीय पदहरूमा रसियाको प्रतिनिधित्व गर्ने उम्मेदवारहरूलाई जिताउन अहोरात्र खट्नुहुने प्रतिनिधि साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै शुभकामना तथा सम्मान समारोहको समापन गर्नुभयो ।
सभाकक्षको झलक
एभ्गेनिया भानिना, कुमारबहादुर श्रेष्ठ, ल्ुुबमिला साल्तिकोभा आदि
गैरआवासीय नेपाली संघ रूसका सचिव इन्द्रप्रसाद भुसालबाट संचालन गरिएको भव्य समारोहको दोस्रो खण्डको समापन पश्चात् एकातिर स्वस्फुर्त ढङ्गले नाचगानको रमाइलो सम्पन्न भइरहेको थियो भने अर्कातिर भव्य प्रीतिभोजमा सरीक भई रूसी मित्रहरूसमेत नेपाली परिकारहरूको स्वाद लिंदै  नेपालीहरूसंग कुराकानी गरिरहेका देखिन्थे ।
रूस-नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्षको साथमा
शिव भुर्तेल र डाङ बद्री के.सी. दम्पति
मास्कोमा शीतकालको आरम्भमा बाहिर हिउँ परिरहेकोले मौसम केही चिसो भए पनि नेपाली राजदूतावासको प्रांगणमा सुमधुर संगीत गुञ्जिरहेको थियो र झिमिक्क साँझ परिसकेपछि पनि निकै वेरसम्म न्यानो र रमाइलो सौहार्दपूर्ण वातावरण व्याप्त थियो ।
चियापान र  भलाकुसारीमा व्यस्त
डा। विमला भण्डारी र कृष्णप्रकाश श्रेष्ठ
शुभकामना ग्रहण गर्दै
मिति  : १२  डिसम्बर २०१७ (आइतवार)
फोटो सौजन्य : बोरिस भेर्शिनिन

रूसनेपाल सहयोग तथा मैत्री संघ, मस्को, रूस महासंघ ।

No comments:

Post a Comment