Monday, March 27, 2017

विश्व कविता दिवसको सन्दर्भमा मास्कोमा समारोह

मास्कोको केन्द्रमा अवस्थित मास्को राजकीय मानविकी विश्वविद्यालयको केन्द्रीय भवनस्थित सांस्कृतिक सभाकक्षमा युनेक्सोको निर्णयअनुसार हरेक वर्ष वसन्तागमनका साथै विश्वभरि नै मनाइने कविता दिवसको सन्दर्भमा २१ मार्च २०१७ (मङ्गलवार) का दिन भव्य समारोहको आयोजना गरिएको थियो । 

यस कविता समारोहमा प्रमुख अतिथिको रूपमा रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे र यसै पंक्तिकारलाई पनि निम्त्याइएको थियो ।
मास्को राजकीय मानविकी विश्वजिद्यालयका कुलपतिसहित
विश्व कविता दिवसका प्रमुख सहभागीहरू 
सन् १९६५ मा साहित्यको क्षेत्रमा नोबल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक मिखाइल अलेक्सान्द्रोभिच शोपोखोभको नामबाट विभूषित यसै विश्वविद्यालयका रेक्टर (कुलपति), इतिहासशास्त्रका महाविद्यावारिधि, प्रोफेसर भ्लादिमिर नेचाएभले विश्व कविता दिवस समारोहमा उपस्थित भारत, नेपाल, बंगलादेशका महामहिम राजदूतत्रयका साथै सबै सहभागीहरूको हार्दिक स्वागत गर्दै झोमोलुङ्मा आफ्नै ठाउँमा रहेको नेपाली सहभागीको अभिव्यक्तिअनुरूप विश्व कविता दिवस पनि अडिग र उच्च स्तरमा सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दै मास्को मानविकी विश्वविद्यालयको सांस्कृतिक कक्षमा विश्व कविता दिवसको समुद्घाटन गरेका थिए ।
विश्वविद्यालयका कुलपति नेचाएभ 
र दक्षिण एशिया संकायका प्रमुख स्तोल्यारोभ
समारोहको उद्घाटन गर्दै
रूसका लागि भरतीय राजदूत पंकज शरणबाट व्यक्त गरिएको मन्तव्यमा मास्को राजकीय मानविकी विश्वविद्यालयको दक्षिण एशिया विभागका निर्देशक अलेक्सान्द्र स्तोल्यारोभजस्ता विद्वान् प्रोफेसरलाई कविता समारोहमा आफ्नो दोभाषेको रूपमा पाएकोमा हर्ष प्रकट गर्दै रूस (सोभियत संघ) र भारतबीच दौत्य सम्बन्ध स्थापनाको ७० वर्षको इतिहासमा सदैव सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्नुका साथै यस महत्वपूर्ण अवसरमा रूसमा भारतीय राजदूतावासको तर्फबाट आयोजना गरिने कार्यक्रमहरूमा भाग लिन कविता दिवसका सबै सहभागीहरूलाई निम्त्याइएको थियो ।
रूसका लागि भारतीय राजदूत पंकज शरण वक्तव्य दिंदै
रूसमा भारतीय समाजका अध्यक्ष काश्मिर सिंहले सात दशकजति अघि नै मास्कोमा स्थापित हिन्दुस्तानी समाजले आज भारतीय कमाजको रूपमा काम गर्दै रूसमा भारतीयहरूलाई एकबद्ध पार्न र विभिन्न सांस्कृतिक कार्यक्रमको माध्यमबाट रूसी जनतासंगको मैत्री सम्बन्धलाई दरिलो पार्न समाजले गरिरहेको क्रियाकलापबारे संक्षेपमा बताएका थिए ।
नेपालका राजदूत ऋषिराम घिमिरे (बीचमा)
भारतीय समाजका अध्यक्ष काश्मिर सिंह
बंगलादेश र नेपालका राजदूतद्वयको  साथमा 
तत्पश्चात् बंगाली कवयित्री कृष्णा रायले बंगाली भाषामा पुश्किनप्रति समर्पित कविता वाचन गरेकी थिएन् ।
बंगाली कवयित्री कृष्णा राय कवितावाचन गर्दै
मास्को राजकीय मानविकी विश्वविद्यालयमा आयोजित भव्य कविता समारोहमा यस पंक्तिकारलाई पनि आफ्नो मन्तव्य प्रस्तुत गर्ने सम्भावना प्रदान गरिएको थियो ।
भारतविद् रिबाकोभ, ँारतीय राजदूत पंकज शरणसहित
कविता समारोहका सहभागीहरू 
रूस महासंघमा हाम्रा आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्ती मनाउन आयोजना गरिएको समारोह समितिको अध्यक्षको हैसियतले रूसमा रहेका सम्पूर्ण साहित्यानुरागी नेपालीहरूलाई संगठित गरी रूस भूमिमा हाम्रा आदिकविको प्रतिमा स्थापनाका साथै नेपाली र रूसी भाषामा कतिपय पुस्तकहरू समेत प्रकाशित गर्न सकिएको सूचित गर्दै भानुभक्त आचार्यका फुटकर कविताहरू र केही काव्यांशहरू समेत समावेश गरिएको द्विभाषिक (नेपाली तथा रूसी) ग्रन्थ लोक्को गरूँ हित् भनीका साथै रूसी भाषामा बीसौं शताब्दीको नेपाली साहित्यिक चिन्तनको सम्यक् परिचय दिने ग्रन्थ स्रष्टा र साहित्यतथा मैथिली लोककथाकार गोनु झाका कथाकुथुङ्ग्रीएवं नेपाली भाषामा रूसी महाकवि अलेक्सान्द्र पुश्किनका कविताहरूका साथै रुसाल्का’, ‘मोजार्ट र साल्यारीतथा जिप्सीकाव्यत्रयीसहित रुसाल्काशीर्षकमा प्रकाशित पुस्तकहरूको प्रदर्शन गर्दै नेपाल र रूस (सोभियत संघ) का बीच दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्तीको उपलक्ष्यमा काठमाडौंमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना भएकै दिन लोकार्पण गरिएको रुसाल्कासंग्रहबाट पुश्किनका ‘...प्रतिसालिककविता नेपालीमा वाचन गरेको थिएँ र अन्त्यमा पुश्किनकै सालिककविताको एउटा श्लोकमा नृवंशात्मक नामहरू मात्र हेरफेर गरेर निम्नानुसार विनियोजित श्लोक सुनाएको थिएँ :
नेपालभरि नै होला चर्चा मेरो प्रतिक्षण ।
भाषामा सबको होला मेरो नै नाम गुञ्जन ।।
थारू, किरात, नेवार, गुरुङ्, तामाङ्, मगर्, खश,
हिमाल्, पाहाड्, मधेस्वासी मेरो फैलाउलान् यश ।।
भानु समारोहप्रति समर्पित पुस्तक 'स्रष्टा र साहित्य'

यसप्रकार समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् मास्कोस्थित जवाहरलाल नेहरू संस्कृति केन्द्रको तर्फबाट भारतीय तबलाबाज तथा रूसी सितार, हार्मोनियम, बेलावादक संगीतज्ञहरूले भारतीय धून प्रस्तुत गरेका थिए ।
भारतीय संगीत प्रस्तुति
सांस्र्कतिक कार्यक्रमको समाप्तिपश्चात् गतः कैयौ महीनादेखि आयोजना गरिएका कविता प्रतियोगिताहरूमा विजयी भएका छात्रछात्राहरूको कवितावाचन सुरु भयो । रुसी भाषाका साथै विदेशी (खास गरी बंगाली र हिन्दी) भाषाहरूमा पनि कविताहरू गुन्जेका थिए । उत्कृष्ट कवितावाचनलाई पुरस्कृत गर्न प्रसिद्ध रूसी भारतविद् प्रोफेसर रोस्तिस्लाभ रिबाकोभको नेतृत्वमा परीक्षक दल गठन गरिएको थियो । त्यसमा जवाहरलाल नेहरु संस्कृति केन्द्रका निर्देशक जयसुन्दर, वैज्ञानिक कार्यकर्ता इरिना माक्सिमेन्को, गुल्या स्त्रेल्कोभा प्रभृति काव्यमर्मज्ञहरू समावेश गरिएका थिए ।
विश्व कविता दिवस (२१ मार्च २०१७) का सहभागीहरू
यस प्रकारले विश्व कविता दिवसको अवसरमा मास्को राजकीय मानविकी विश्वविद्यालयको सांस्कृतिक कक्षमा वसन्तकालीन रमणीय साँझ निकैवेरसम्म विभिन्न भाषाहरूमा कविता गुञ्जायमान् भएका थिए ।
रूसका लागि भारतका राजदूतसंग वार्तालाप
फोटो – लेखककै क्यामराबाट ।

मास्को, रूस महासंघ ।

No comments:

Post a Comment