Monday, June 20, 2016

मास्कोमा नेपाली साहित्यकारद्वय ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित

मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य महासंघ, रूस शाखाको तत्वावधानमा नेपालबाट रूस भ्रमणमा आइरहनुभएका साहित्यकारद्वय धनराज गिरी तथा अश्विनी कोइरालाको स्वागतार्थ साहित्यिक समारोहको आयोजना गरिएको थियो ।

Friday, June 10, 2016

रूसी महाकवि पुश्किनको आवक्ष–प्रतिमा अवलोकन

आधुनिक रूसी साहित्यिक भाषाका प्रवर्तक मानिने विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र सेर्गेएभिच पुश्किनको २१७रौं जन्मजयन्तीको पावन अवसरमा मास्कोका प्रसिद्ध मूर्तिकार एवं चित्रकार ग्रिगोरी भिक्तोरोभिच पोतोत्स्कीको शिल्पशालामा पुगेर उनले रूसनेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट काठमाडौंमा स्थापना गर्नका लागि भर्खरै निर्माण गरेको रूसी महाकविको आवक्ष कांस्यमूर्तिको दर्शन गर्ने सुअवसर जुटेको थियो ।