Monday, November 16, 2015

मास्कोमा नेपाल सम्बत् ११३६ को म्हपूजा र तिहार

मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा नेपालीहरूको महान् चाड तिहार (दीपावली) मनाउन रूसमा रहेका नेपालीहरू भेला भएका थिए । 

Wednesday, November 11, 2015

हाम्रो सुन्दर नेपाल काव्यमय नेपाल बनोस् !

नेपालको राजधानी काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघको सातौं विश्व महाधिवेशनको एक सत्रमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीबाट एनसीसी रूसको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा १५ अक्टोबर २०१५ (वृहस्पतिवार) का दिन भानुभक्तदेखि वर्तमान समयसम्मका नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसित सम्बन्धित कविताहरूको सँगालो 'काव्यमय नेपाल' को विमोचन गरिएको थियो । 

Monday, November 2, 2015

दोस्रो विश्वयुद्धमा नेपालको भूमिकाबारे मास्कोमा समारोह

मास्कोको केन्द्रबाट पश्चिमतिर सेतुन र फिल्का भनिने सासाना खोल्साहरूको बीचमा रहेको पोक्लोन्नाया गोरा भनिने ढिस्कोमा २० वर्षअघि सन् १९९५ मा अस्तित्वमा आएको रमणीय विजयपार्कमा महान् देशभक्तिपूर्ण युद्धमा सोभियत संघका जनताको विजयको स्मारकस्वरुप स्मृतिसंग्रहालय रहेको छ ।