Tuesday, December 29, 2015

रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस–२०१५’ गायन प्रतियोगिताका विजेता

रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको गोलोसगायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका  इएरोमोनाख  (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षा प्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् ।

Friday, December 25, 2015

रूसी कवि इगोर एलिसेएभको कविता ‘स्वर्गद्वारीको पुल’

रूस मडासंघको दक्षिणी भेकमा अवस्थित दोनवर्ती रोस्तोभनिवासी रूसी कवि इगोर एलिसेएभको कविता ‘स्वर्गद्वारीको पुल’ नेपाली पाठकसमक्ष प्रस्तुत छ ।

Thursday, December 17, 2015

बैतडी (महाकाली अञ्चल)

                                                       बैतडी (महाकाली अञ्चल)
            ज्यादै अग्लो ठाउँ भएकोले ज्यादा हावा लाग्ने हुँदा संस्कृतमा यस ठाउँको नाम 'वायूत्तड' ('वायु' - 'हावा' 'उत्तड' - 'उन्मुख') रहेको र त्यसैको अपभ्रंश भई क्रमशः 'वायोतड', 'बैतड' र अन्तमा बैतडी नाउँ रहन गएको हो । 

मास्कोमा प्राच्य विद्याविषयक त्रिदिवसीय वैज्ञानिक सम्मेलन

सधैंझैं यस वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख (निकोलाइ रेरिखका जेष्ठ पुत्र) को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना गरिएको थियो ।

Saturday, December 5, 2015

रुसका महान् नागरिक एवं प्राज्ञ एभ्गेनी प्रिमाकोभको स्मृतिमा

रुसका एक वरिष्ठ राजनीतिज्ञ तथा प्राज्ञ एभ्गेनी प्रिमाकोभको देहान्त भएको दुःखद समाचारले विशाल रुस शोकाकूल भएको छ । गतः २६ जूनका दिन उनको देहावसान भएको थियो र ३ दिनपश्चात् २९ जून २०१५ (सोमवार) का दिन उनको पार्थिक शरीरलाई राजकीय सम्मानका साथ नोभोदेभिच्ये मोनेष्ट्रीको परिसरमा रहेको मास्कोको प्रतिष्ठित तथा प्रसिद्ध चिहानघारीको केन्द्रीयस्थलस्थित उद्यानपथमा रुस महासंघका प्रथम राष्ट्रपति बोरिस एल्चिनको समाधिनेरै रुसी अर्थाडक्स चर्चको विधिअनुसार दफनाइयो।

मास्कोमा जनस्तरीय राजनीतिको भूमिकाबारे फोरम

रूसमा विदेशका साथ मैत्री सम्बन्ध प्रवर्धनको उद्देश्यले सन् १९२५ मा गठित र हाल रोस्सोत्रुद्नीचेस्तभोभनिने निकायको स्थापना भएको ९०यौं वर्षान्त समारोहको सन्दर्भमा मास्कोमा अन्तर्राष्ट्रिय मानविकी सहयोगको विकासमा जनस्तरीय राजनीतिको भूमिकाभन्ने विषयमा अन्तर्राष्ट्रिय फोरम (२६-२७ नोभेम्बर २०१५) सम्पन्न भएको छ ।