Sunday, November 20, 2011

कुलेश्वर - नेमुनिको आश्रमस्थल

कुलेश्वर - नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल !

यसपल्ट घर (काठमाडौं) जाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश बहिनी ताराबदन सहित त्यहाँ पुगें पाँच वर्षअघि पहिलोपल्ट त्यहाँ पुग्दा जीर्णोद्धारको काम भइरहेजस्तो लागेको थियो राम्ररी अवलोकन गर्न पाएको थिइन, तर यसपटक केही फोटो समेत खिंचेर ल्याउने मौका मिल्यो मूल सडकबाट सिंढी उक्लेर माथि जाने ठाउँनेरै कसैले बनाइदिएको द्वारभित्र पस्नासाथ माथि ठूलो आकारको अक्षरले आकर्षित गरिहाल्दछ भने बिस्तारै माथि उक्लँदै जाँदा अगल-बगलमा बोटबुट्यान सम्भवतः पाटी-पौवाहरू पनि देखिन्छन् केही सम्म परेको महादेवस्थानमा रुद्राक्षको बोट समेत देख्न पाइयो त्यहाँ भजन गर्ने पाटी पनि देखियो कुलेश्वरको शिवलिङ्गमा अटूट जलधाराको व्यवस्था पनि गरिएको रहेछ त्यसको पछिल्तिर अभिलेखसहितको धातुको पट चाहिं उति पुरानो थिएन, न त तल ओर्लने ठाउँनेर भित्तामा रहेको शिलापत्र नै पुरानो थियो । शिवलिङ्ग वरपरका सम्भवतः पुराना केही मूर्तिहरू र एउटा शिलापत्र पनि सुरक्षित ढङ्गले राखिएका थिए

थानकोट किंवा शोणितपुर : इतिहास र सम्भावना

          मेरा मितबुवा देवरत्न (आशामरु) श्रेष्ठसंग उहाँको घर ताहाननि (थानकोट) मा एकपल्ट कुरा चल्दा थानकोटको प्राचीन नाउँ शोणितपुर हो भन्ने थाहा पाइएपछि आजभन्दा दशकअघि नै यस कथनको प्रामाणिकता सिद्ध गर्ने खोजमा लाग्दा वाणासुरको बारेमा मेरा मीतबुवाले सुनाएको किम्बदन्तीको मूलस्रोत 'श्रीमद्भागवत् महापुराण' मा भेटे 'उषाहरण' नाटक लेखी थानकोटमा मञ्चन समेत गरिएको थियो भने 'नेपाल महात्म्यमा समेत 'वाणासुरो दैत्यराजः  शोणिताख्ये पुरेभवेत्' भन्ने लेखिएको पाइँदा थानकोट नै प्राचीन शोणितपुर भएको प्रमाणित भएको पक्का भएको थियो तसर्थ शोणितपुर नामको प्रचार-प्रसारका लागि चुनीखेलमा निर्मित नयाँ तीनतले घरमा 'शोणितपुर, चुनिखेल' अङ्कित साइनबोर्ड टाँग्नुका साथै मेरा भाइ नारायणप्रसाद श्रेष्ठ (फुपुका छोरा) को सहयोगबाट स्थानीय युवाहरूलाई समेत संगठन गरी एउटा क्लब संचालन गरेको थिएँ स्थानीय महालक्ष्मीको मन्दिरकै बगलमा रहेको पाटीमा नियमित रूपमा यस क्लबको बैठक बस्ने गर्दथ्यो एकपल्टको यस्तै बैठकमा यस भेकबाट प्रथम आम निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार त्रिपुरवरसिंह प्रधानसंग अन्तक्रिया सम्पन्न गरिएको अहिले मलाई सम्झना भएर आयो जे होस्, तास खेलेर समय बिताउने युवाहरूमा चेतनाको प्रचारमा यस क्लबले किञ्चित प्रयास गरेको थियो इमाखेलमा सानो पुस्तकालयको संचालनदेखि नाटकको मञ्चनसम्मको कार्यमा यसका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो

चुनीखेल बजारको अतीत र वर्तमान

      चन्द्रागिरि दहचोकडाँडाको मध्यभागमा अवस्थित थानकोट (शोणितपुर) भेकको एक महत्वपूर्ण ऐतिहासिक स्थल हो चुनीखेल यो चन्द्रागिरिको पूर्वी काखमा रहेको बीसौं शताब्दीको मध्यसम्म काठमाडौंबाट चन्द्रागिरी भञ्ज्याङ छिचोल्दै नेपालकै विभिन्न जिल्लाका साथै भारततिर लाग्ने एक मात्र प्रमुख पैदल बाटो चुनीखेल भएरै जाने तथ्य इतिहासका पानाहरूमा पढ्न सकिन्छ थानकोट भनिने मुख्य नेवारवस्तीभन्दा केही माथि वनप्रान्तमा चुन्देवी भनिने वनदेवीको स्थाननेरै भिरलो परेको ठूलो चहुर (नेवारीमा खेल वा ख्यः) समेत भएको हुँदा यस स्थानले चुनीखेल भन्ने नाम पाएको हो यस बजारमा नेवारहरूको मात्र नभई तामाङहरूको घरघडेरी पनि काठमाडौं उपत्यकाका काँठहरूमा अन्यत्र पनि चुन्देवीको स्थाननजिकै चुनीखेल भनिने बस्तीहरू अस्तित्वमा छन् तर चन्द्रागिरिको फेदीमा रहेको यस चुनीखेलको आफ्नो बेग्लै मौलिकता

Saturday, November 5, 2011

चुनिखेलदेखि धुलिखेलसम्म - मेरो जीवनको एक अविस्मरणीय उत्सवमय दिन



आधाशताब्दीयतादेखि रूसलाई कर्मभूमि मानेर मास्कोमा बसोवास गर्दैआइरहेको मलाई विक्रम सम्बत् २०६७ को 'नइ देरुनीख' अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय लिइएको सन्दर्भमा साहित्यिक बन्धु नरेन्द्रराज प्रसाईज्यूको र्इ-मेल पाउँदा आकाशबाट एक्कासी दुर्इ लाख रुपैंया मेरो पोल्टोमा खस्न आइपुगेको आश्चर्यानुभूति भयो नेपाली मापदण्डअनुसार साहित्यिक पुरस्कारको राशि निकै ठूलो भएकाले मात्र अचम्भित भएको थिइनँ मलाई नै पुरस्कार दिने निर्णय लिइएकोबाट आश्चर्यचकित हुन पुगेको थिएँ त्यसमा पनि पुरस्कारको नाम नै अनौठो खालको लागेर अकमक्क पर्न गएको थिएँ कुन चरीको नाम हो 'नइ देरुनिख' ? तर अर्को -मेलबाट त्यसको स्थापना श्री रामबाबु प्रसाईबाट भएको पुरस्कारदाता परिवारका सदस्यहरूको नामको आद्याक्षरबाट पुरस्कारको नामकरण गरिएको सूचना पाउनाका साथै अघिल्लो वर्ष सर्वप्रथम यो पुरस्कार भारतनिवासी वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई प्रदान गरिएको जानकारी प्राप्त भएपछि पुरस्कार थाप्न श्रीमती इरिनासहित काठमाडौं जाने निधो गरें तुरुन्तै २०६८ को वैशाख १५ गते (२८ अप्रिल २०११) का दिन आयोजना गरिने पुरस्कार वितरण समारोहमा उपस्थित हुने सूचना पठाएँ...