नेपाली कविहरूको लेखनीबाट हिमालयको काखमा अवस्थित आफ्नो मातृभूमिको विषयवस्तुमा थुप्रै काव्यकृतिहरूको रचना भएको छ । यस पुस्तकमा ती सबै कविताहरूलाई समावेश गर्न सकिएको छैन । यो अहिलेलाई सम्भव पनि छैन ।
नेपालमा साहित्यसृजनाको इतिहासमा र्ससर्ती दृष्टि दिने हो भने अहिलेसम्म प्राप्त पहिलो काव्यमय देशप्रशस्ति लिच्छविकालीन ज्ञात कवि बुद्धकीर्तिद्वारा रचिएको काव्यमा भएको पाइन्छ । राजा जयदेव द्वितीयद्वारा पशुपतिनाथलाई चढाइएको चाँदीको कमलको सर्न्दर्भमा 'पद्मप्रशस्ति' स्वरूप कैयौं श्लोकहरूको रचना गर्दै पच्चिसौं श्लोकमा चारैतिर पर्वतमालाले परिवेष्ठित राजधानी रहेको उपत्यकालाई नै कमलसित तुलना गर्दै यस पवित्र पाशुपतक्षेत्रको सर्न्दर्भमा कवि बुद्धकीर्तिले यस्तो उद्गार प्रकट गरेको पाइन्छ :