Tuesday, September 28, 2010

नेपाल

सर्वप्रथम 'अथर्व परिशिष्ट' (.पू. ८००-६००) मा 'नेपाल' शब्दको उल्लेख पाइन्छ यो स्थाननाम 'महाभारत', 'वृहस्पति अर्थसूत्र' आदि ग्रन्थहरूमा पनि उल्लिखित बौद्धग्रन्थ 'मूल सर्वस्तिवाद विनय संग्रह' (अध्याय २१, नैर्सर्गिक १६, टोकियो संस्करण, पृ. १००) तथा कौटिल्यको अर्थशास्त्र (अधिकरण , अध्याय ११, सूत्र १०५-१०६) मा वर्णन गरिएअनुसार आदिकालदेखि नै भोट (तिब्बत) भारतको बीचमा ऊनको प्रसिद्ध मण्डी (बजार) को रूपमा यो प्रदेश रहेको सिद्ध हुन्छ पुरातात्विक प्रमाणअनुसार समुद्रगुप्तको प्रयाग स्तम्भाभिलेख एवं नेपालमै पनि विच्छवि राजाहरूका वटा शिलाभिलेखहरूमा 'नेपाल' शब्द उत्कृर्ण गरिएको पाइन्छ

Tuesday, August 31, 2010

काव्यमय नेपाल

       नेपाली कविहरूको लेखनीबाट हिमालयको काखमा अवस्थित आफ्नो मातृभूमिको विषयवस्तुमा थुप्रै काव्यकृतिहरूको रचना भएको यस पुस्तकमा ती सबै कविताहरूलाई समावेश गर्न सकिएको छैन यो अहिलेलाई सम्भव पनि छैन

नेपालमा साहित्यसृजनाको इतिहासमा र्ससर्ती दृष्टि दिने हो भने अहिलेसम्म प्राप्त पहिलो काव्यमय देशप्रशस्ति लिच्छविकालीन ज्ञात कवि बुद्धकीर्तिद्वारा रचिएको काव्यमा भएको पाइन्छ राजा जयदेव द्वितीयद्वारा पशुपतिनाथलाई चढाइएको चाँदीको कमलको सर्न्दर्भमा 'पद्मप्रशस्ति' स्वरूप कैयौं श्लोकहरूको रचना गर्दै पच्चिसौं श्लोकमा चारैतिर पर्वतमालाले परिवेष्ठित राजधानी रहेको उपत्यकालाई नै कमलसित तुलना गर्दै यस पवित्र पाशुपतक्षेत्रको सर्न्दर्भमा कवि बुद्धकीर्तिले यस्तो उद्गार प्रकट गरेको पाइन्छ :

Wednesday, August 18, 2010

देवकोटा र रुस

      हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म-शतवाषिर्की समारोह मनाउँदा मलाई उनले ठीक आधा शताब्दी अघि रुसको भूमिमा बसेर रचना गरेको एउटा कविताको अनायासै सम्झना हुन्छ महाकविले त्यो कविता अंग्रेजी भाषामा लेखेका थिए तर मूलप्रति अथक प्रयास गरी १० वर्षघि खोज्दा पनि भेटृाउन सकिएन अब त्यो प्राप्त हुने आशा नै छैन त्यस ताका रचिएका केही कविताहरु रुसी भाषामा प्रकाशित भएका थिए त्यसैमध्येको एउटा मैले नेपालमा जनमत संग्रहताका ज्यादै प्रासंगिक लागेर उल्था समेत गरी 'समीक्षा' साप्ताहिकमा प्रकाशनार्थ पठाएको थिएँ पछि त्यो 'अनुवादको पनि अनुवाद' मास्कोमा नेपाल सीआईएस रुस उद्योगवाणिज्य संघको तर्फबाट सन् १९९९ मा रुसी भाषामा प्रकाशित देवकोटाका गद्यात्मक काव्यात्मक कृतिहरुको संग्रह 'संकलित रचना' मा समावेश हुन पुगेको थियो 'नीलो सौर्न्दर्थ जगत्' शर्ीष्ाकमा झुल्केको त्यस कविताका दर्ुइ श्लोक यस प्रकार छन् 

कृष्णप्रसाद कि कृष्णप्रकाश?

  
     हालै गोरखापत्रमा रमेश तिवारीको लेखनीबाट 'नयाँ कृति' स्तम्भ अन्तर्गत 'स्थाननामकोश' शीर्षकमा 'हिमाल किताब' प्रकाशनद्वारा प्रकाशित मेरो पुस्तकको सन्दर्भमा पुस्तकसमीक्षा पढ्ने सौभाग्य पाएँ। त्यसमा जताततै मेरो नाम 'कृष्णप्रसाद श्रेष्ठ' छापिएको पाएँ, यद्यपि त्यसमा समावेश गरिएको कृतिको जिल्दको प्रतिलिपिमा भने 'कृष्णप्रकाश श्रेष्ठ' नै उल्लेख गरिएको थियो। यो पुस्तकसमीक्षा लेखकको भूल थिएन, मेरै नामले उत्पन्न गर्ने भ्रमको द्योतक थियो भन्ने निष्कर्षमा पुग्नुसिवाय अर्को उपाय मसित छैन। मेरो नामले पार्ने गरेको यस्तो भ्रमको पुनरावृत्ति बारम्बार भइरहने देखिएकोले आज म हातमा लेखनी लिएर त नभनौं, कम्प्युटरको की–बोर्डमा बेसरी थिचेर आफ्नो नामको प73यमा जोडदार वकालत गर्न तम्सेको छु।परन्तु भूमिकाको रूपका सर्वप्रथम आफ्नो नामको संक्षिप्त नालीबेली लगाउन चाहन्छु।

     नेपालीहरूको नामकरण कुनै देवदेवीको नामको आधारमा गरिएको छ भने अधिकांश नामको दोस्रो शब्द प्रायशः 'प्रसाद', 'भक्त', 'मान' वा 'दास' युक्त हुन्छ (भानुभक्त, ल73मीप्रसाद, नारायणमान, कृष्णप्रसाद आदि)। मेरो नाम भने सर्वमान्य नियमको विपरीत 'कृष्ण' को पछिल्तिर 'प्रकाश' को पुच्छर लिएर आएको छ। यसरी नामको पछिल्तिर 'प्रकाश' जोडने चलन भारतमा मात्र नभई पछिल्लो समयमा नेपालमा समेत लोकप्रिय हुँदै गइरहेको छ। तर यो नेपालको निमित्त नोले चाहिं अवश्य होइन। मल्लकालीन इतिहास पल्टाउँदा पनि 'प्रकाश' प्रत्ययान्त नामहरू प्रशस्तै छन्। उदाहरणका लागि काठमाडौंका अन्तिम मल्लवंशी राजा जयप्रकाशकै नामोल्लेख पर्याप्त हुनेछ। तर मेरो नाममा यो प्रत्यय लाग्नुको भने आफ्नै इतिहास छ।

     मेरो जन्मको घडी र पलाको गणना गर्ने ज्योतिषले 'कुघङच' अक्षरहरूमध्यै सम्भवतः तेस्रो अक्षरबाट नामकरण गर्ने सल्लाह दिएको थियो रे। तर त्यस्तो अडभङ्गे अक्षरबाट कुनै नाम नै राख्न नमिल्ने देखिएको हुँदा घरसल्लाहबाट मेरी आमाले पहिलो अक्षर रोजेर 'कृष्ण' भन्ने नाम राखिदिनुभएछ। दिनदिनै 'कृष्ण' को नाम उच्चारण गरेका पापमोचन भई भवसागर तर्न सकिने आमाको तर्कको अगाडि  बुवाको के तर्क हुनसक्थ्यो र? मेरो जन्मकु48डलीमा सम्भवत 'ङ' अक्षर मात्र लेखिएको होला भन्ने मलाई लाग्छ। मेरो बाल्यकालमा 'कृष्ण' नामले नै काम चलिरहेको थियो। तर पाठशालाको परीक्षा दिने क्रममा पूरा नाम लेख्नुपरेको हुँदा बाजेको पालादेखि जागिर खानको निम्नि 'थकुजुजु' (शब्दशः 'ठकुरी राजा') भन्ने थरनामको सट्टा 'श्रेष्ठ' र 'मान' वा 'लाल' पारिवारिक नामको सट्टा 'बहादुर' प्रत्यय नै जोडिएको थियो। निसन्देह नै ६ कक्षामा पिथौरागढ (भारत( को हाइस्कूलमा भर्ना हुँदा पनि त्यही नामले औपचारिकता पाउनु अस्वाभाविक थिएन। त्यहाँ पढ्दा भारतीय सहपाठीहरूले नेपालीहरूलाई 'डोट्याल' भनेर जिस्क्याउने गरेको र गिज्याउने पाराले सगोल नाम 'बहादुर' मात्र भन्ने गरेको मलाई सह्य भएन। भारतीय सहपाठीहरूसंग भिड्ने त कुरै भएन, यद्यपि गुरुजीहरूसमक्ष आफू 'डोट्याल' (डोटी भेगको) नभई 'नेपाली' (काठमाडौंको) भएको गुनासो चाहिं गरिएको थियो। नाममा नै 'बहादुर' को पुच्छर झुण्डिएको हुँदा त्यसको व्यापक विरोध त बुवाज्यूसमक्ष मात्र गर्न सकिन्थ्यो। राणाकालको जगजगीको समयमा जागिर खानका लागि बाजेको पालादेखि मात्र त्यो पुच्छर जोडिएको यथार्थ त्यतिखेर थाहा पाइएको थियो। नेपालमा प्रजातन्त्रको स्थापना भएपछि बुवाले हामी चारैजना दाजुभाइको नाममा 'प्रकाश' प्रत्यय जोडेर त्यस जागिरे 'पुच्छर' बाट स्वतः सदाका लागि मुक्त गरिदिनुभयो।

     त्यतिञ्जेलसम्म नेपालीहरूको नाममा 'प्रकाश' प्रत्यय विरलै मानिन्थ्यो। मैले आजपर्यन्त 'कृष्णप्रकाश' नामधारी अर्को नेपालीलाई भेटेको छैन। तर 'कृष्ण' नाममा 'प्रसाद' प्रत्यय लागेका व्यक्तिहरू भने प्रशस्तै छन् (जस्तै कृष्णप्रसाद भट्टराई)। मेरै परिचित व्यक्तिहरूमध्ये पनि झ48डै दुई हातका औंलामा गन्न सकिने 'कृष्णप्रसाद' नामधारी व्यक्तिहरू छन्। उदाहरणका लागि मेरा साहित्यिक बन्धुहरू कृष्णप्रसाद पराजुली, कृष्णप्रसाद श्रेष्ठ तथा वरिष्ठ वकिल कृष्णप्रसाद भ48डारी प्रभृत्ति प्रसिद्ध व्यक्तित्वहरूका अतिरिक्त मेरै साथीभाइहरूमध्ये पनि डा. कृष्णप्रसाद रिजाल, डा. कृष्णप्रसाद कायस्थ लगायत विभिन्न पेशामा संलग्न व्यक्तित्वहरूको नाम अघि सार्न सकिन्छ।

     सोभियत कालमा अक्सर रूस आइरहनुहुने धरानवासी कृष्णप्रसाद श्रेष्ठ बीं.ए. मास्कोमा आउँदा जहिले पनि भन्नुहुन्यो :

     'कृष्ण जी, मैले तपाईंका लागि धन्यवादको पोको नै बोकेर ल्याएको छु!'

     पहिलोपल्ट यस्तो उक्तिको मैले कुनै तार्किक अर्थ बुझ्न सकिनँ। म अकमक्क परेको देखेर उहाँले नै स्पष्ट पार्नुभएको थियो।

     'रूसी भाषाबाट तपाईंका जतिपल्ट अनूदित कृतिहरू प्रकाशित हुन्छन्, त्यत्तिकैपल्ट सबैले मलाई धन्यवाद दिन्छन्। अनुवाद तपाईंको, धन्यवाद पाउने म! त्यही धन्यवादको पोको लिनुस्!'

     अन्त्यमा बल्ल अर्थ खुलेपछि हामी निर्धक्कसित हाँसेका थियौं। निश्चय नै पाठकहरूले अनुवादकको नामको 'कृष्ण' पढ्न नभ्याउँदै अरु अक्षरमा दृष्टि नै नदिई धरानवासी मेरै थरका कृष्णप्रसादलाई सम्भि्कहाल्दा होलान् भन्ने मलाई लाग्दछ। यस सन्दर्भमा मलाई एउटा अर्को घटनाको पनि सम्झना हुन्छ। धेरै वर्षपहिले एकपल्ट काठमाडोंबाट निस्कने एउटा पत्रिकाले 'सोभियत भूमि' पत्रिकामा प्रकाशित मेरो एउटा लेख पुनः प्रकाशित गरेको थियो। त्यसमा मेरो नाम त ठीकै छापिएको थियो, तर पादटिप्पणीमा सम्पादकको तर्फबाट दिइएको लेखक–परिचयमा 'लेखक धरानवासी हुनुहुन्छ' भन्ने छापिएको पाउँदा म आश्चर्यचकित भएको थिएँ। अहिलेसम्म पनि मैले धरान देख्ने सौभाग्य पाएको छैन, तर म 'धरानवासी' बनिसकेको छु।

     मेरो नामको उल्लेख गर्नुपरेमा आफ्नै परिचित साथीभाइहरूबाट समेत यदाकदा 'कृष्णप्रसाद' भनी उल्लेख गरिएको पाउँछु। हालै मेरा एकजना कलेजका सहपाठीबाट उनको एउटा नयाँ कृति उपहार पाएको थिएँ। त्यसमा समेत मेरो नाम 'कृष्णप्रसाद' लेखिएको पाउँदा म आफै जिल्ल परेको थिए। मेरो नामले अक्सर भ्रम सिर्जना गर्नेगरेको मेरो अनुभव छ। हुन पनि यो नाम सर्वमान्य निमयभन्दा अति अमिल्दो खालकै छ भन्नुपर्दछ। यहाँनेर मलाई मेरो एक सहपाठीको सम्झना हुन्छ, जसले भ्रममा पर्न नपरोस् भनी मलाई 'प्रकाश' मात्र भनेर बोलाउने गरेको थियो।

     मेरो नामको गडबडीबारे एउटा अर्को परिघटना पनि उल्लेख्य छ। मेरो अनुवाद (ई.सं. १९९५) मा ककेशियाली गणतन्त्र दागेस्तान (रूस) का विश्वविख्यात कविद्वारा नेपालको विषयवस्तुमा रचना गरेको काव्यकृति 'जीवित देवी' शीर्षकमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट वि.सं. २०५५ मा प्रकाशमा ल्याइएको थियो। त्यसमा मेरो नाम बाहिरी जिल्दमा र प्रकाशकीयमा शुद्ध नै छापिए ता पनि भित्रपट्टि कतै कृष्णप्रसाद त कतै कृष्णप्रकास छापिएको छ। प्रज्ञा–प्रतिष्ठानबाट छापिएको कृतिमा त यस्तो त्रुटि रहन गएको छ भने अन्यत्र गलत छापिएकोमा गुनासो गर्ने ठाउँ नै रहँदैन भन्न सकिन्छ।

     नेपालको निम्ति मेरो नाम अस्वाभाविक खालको हुँदा नै यस्तो भएको होला भन्ने अहिले म निष्कर्षमा पुगेको छु। हुन पनि कृष्णको प्रकाश नाम नै विरोधाभासपूर्ण छैन र? संस्कृतमा 'कृष्ण' को अर्थ 'कालो' हुन्छ भने 'प्रकाश' चाहिं 'उज्यालो' अर्थात् 'सेतो' को द्योतक हो। यी दुवै शब्द विपरीताथैक हुन्। कालो पनि कहीं उज्यालो हुन्छ र? कालोले त सधैं अँध्यारो पो बोध गराउँछ। तर परस्परविरोधी अवधारणा बोक्ने शब्दहरू कतिपय नेपाली नाममा प्रयुक्त छन्। उदाहरणार्थ जससित म परिचित छु तीमध्ये नेपाली साहित्यका एक प्रख्यात व्यक्तित्व कमलमणि दीक्षित वा नेपाली राजनीतिका एक प्रतिष्ठित व्यक्ति पद्मरत्न तुलाधरको नाम पनि त दुई  विपरीतार्थक शब्दहरूको संयोगबाटै बनेको छ। उहाँहरूको नाममा प्सिद्ध बौद्ध मन्त्र 'उँ्क मणिपद्मे हुँ' को भाव ध्वनित भइरहेझैं प्रतीत हुन्छ। नभन्दै यस मन्त्रको मूलशब्दद्वय 'मणि' अर्थात् 'रत्न' ले कठोरता र 'पद्म' अर्थात् 'कमल' ले कोमलताजस्ता विपरीत तत्वहरूको द्योतन गर्दछ। तसर्थ मेरो नामलाई मात्र अपवादको रूपमा लिन मिल्दैन होला भन्ने ठान्दछु। गहिरिएर विचार गर्ने हो भने 'कालो' अर्थात् 'तम' र 'उज्यालो' अर्थात् 'ज्योति' वा 'प्रकाश' दुवै परस्परविरोधी तत्वको प्रतिनिधित्व गर्ने मेरो नामले पनि त 'तमसो मा ज्योतिर्गमयः' को भावना मुखरित तुल्याएको छ भन्न नसकिएला र?

     यसैउसले मलाई मेरै नामद्वारा सम्बोधन गरिने छ भन्ने आशा राख्नु अनुचित हुने छैन भन्ने ठान्दछु। यहाँनेर मेरो निम्ति अविस्मरणीय एउटा सुखद घटनाको पनि चर्चा गर्न चाहन्छु। यसबाट पनि मेरो नामबारे सही सूचना प्रेषण हुने छ। म पछिल्लोपल्ट काठमाडौं पुग्दा रूस विज्ञान तथा सांस्कृतिक केन्द्रमा आयोजित एउटा सभामा आमन्त्रित थिएँ। त्यहाँ मलाई 'मैत्री कार्यमा सहयोग पुर्‍यएवापत्' रूस परराष्ट्र मन्त्रालयको सम्मानपदक (ई.सं. २००५) प्रदान गरिएको थियो। उक्त अवसरमा नेपाल तथा रूसबीच जनस्तरमा मैत्रीविकाशमा कैयौं वर्षदेखि गहकिलो योगदान पुर्‍याउँदै आउनुभएका नेपाल–रूस मैत्री संघका मानार्थ अध्यक्ष कृष्णप्रसाद भ48डारीज्यूले आफ्नो मन्तव्यमा घतलाग्दो पाराले व्यक्त गर्नुभएको कुरा म सम्भि्करहन्छु। उहाँले अंशतः भन्नुभएको थियो :  'दुईजना कृष्णले नेपाल र रूसको सम्बन्ध विकासमा योगदान पुर्‍याइरहेका छन्। एकजना कृष्णप्रसाद जो नेपालमा छ र अर्को कृष्णप्रकाश जो रूसमा बस्तछ...'। वास्तवमा अधिकांश मेरा सुपरिचित कृष्णप्रसादहरू नेपालमै छन्, तर म – एकजना मात्र कृष्णप्रकाश – रूसमा रहेको छु।

     स्मरण रहोस्, गतः आधाशताब्दीभन्दा बढी समयदेखि म रूस महासंघमा बसोवास गररहेको छु। हाम्रा दुवै देशहरूको साहित्यिक एवं सांस्कृतिक आदानप्रदानमा यथासम्भव योगदान गरिरहेको एकजना कृष्णको नाममा भ्रमनिवारणार्थ यो लामो गन्थन टुङ्ग्याउँदै अन्त्यमा म सहृदयी पाठकवृन्दमा विनम्र अनुरोध गर्दछु :  'मेरो नाम कृष्णप्रसाद होइन, कृष्णप्रकाश हो।

     विनित
     कृष्णप्रकाश श्रेष्ठ
     ३१ जुलाई २०१० (आइतवार)